अदालतको फैसलापछि गगन थापाको आह्वान: पार्टी एकता र १५औँ महाधिवेशनमार्फत रूपान्तरणमा लागौँ
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतको फैसलालाई पार्टी एकताको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
- उनले पन्ध्रौँ महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण र सुदृढीकरण गर्ने साझा यात्रामा लाग्न आह्वान गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने बताएका छन्। अदालतको निर्णय सार्वजनिक भएपछि फेसबुकमार्फत आफ्नो धारणा राख्दै सभापति थापाले यसलाई कसैको ‘जित वा हार’ भन्दा पनि विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गरेका हुन्।
सभापति थापाले अबको यात्रा पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रा भएको उल्लेख गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य र शुभेच्छुकहरूलाई जिम्मेवार र सकारात्मक भूमिका खेल्न अपिल गरेका छन्।
पार्टीको नेतृत्वको हैसियतले एकता प्रक्रियामा आफ्नो भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने स्वीकार गर्दै थापाले भनेका छन्, 'पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।'
कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै थापाले यस महाधिवेशनलाई पार्टीको रूपान्तरण र सुदृढीकरणको कडी बनाउनुपर्नेमा जोड दिएका छन्। उनले नयाँ पुस्ताको आकाङ्क्षा र अग्रजहरूको योगदानलाई समायोजन गर्दै समुन्नत नेपाल निर्माणमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण