किएभमा गोली चल्दा कम्तीमा ५ जनाको मृत्यु
शनिबार, ०५ वैशाख २०८३, २२ : २६
किएभ । युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा कम्तीमा ५ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको पुष्टि गरेका छन्, साथै उनले घटनामा परी ज्यान गुमाएका व्यक्तिका आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पीडितका परिवारजनमा समवेदना व्यक्त गर्दै लेखेका छन्, “राजधानी नजिकै दुःखद् घटना भएको छ । घटनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। परिवार र प्रियजनहरूप्रति मेरो समवेदना छ।”
घटनामा अन्य घाइते भएका अन्य १० जना अस्पतालमा भर्ना भएका उनले बताए । जेलेन्स्कीले गोलीकाण्डको तत्काल अनुसन्धान गर्न निर्देशन दिँदै घटनाबारे सबै वास्तविकता पत्ता लागिसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण