आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बिदाको दिन यस्तो छ काठमाडौँमा सवारीको चाप, तस्बिरहरू

आइतबार, ०६ वैशाख २०८३, १४ : १६
आइतबार, ०६ वैशाख २०८३

काठमाडौँ । इन्धन खपत कम गराउने उद्देश्यले सरकारले गत सातादेखि शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयमा बिदा दिएको छ। 

तर, बिदाको दिनमा समेत काठमाडौँका मुख्य चोकहरूमा सवारीसाधनको चाप पूर्ण रूपमा घटेको देखिँदैन।

कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडीबुटी जस्ता प्रमुख चोकहरूमा बिहानको ९ बजे देखि ११ बजेसम्म आइतबार पनि उल्लेख्य सवारी चाप देखिएको छ।

केही स्थानमा त शनिबारभन्दा आइतबार अलि बढी नै भिडभाड देखिएको छ। सरकारी बिदा भए पनि धेरैजसो निजी कम्पनीहरूले भने सधैँको नियमित समयमै कार्यालय सञ्चालन गरिरहेका छन्।

समग्र रूपमा हेर्दा सवारीसाधनको सङ्ख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन्। “शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन,” उनले बताए।

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन तथा आवतजावत मिलाउने क्रममा भएको ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ।

10-maitighar chowk Nepal Photo Library11-Jadibutti chowk_Nepal Photo Library112-Jadibutti chowk_Nepal Photo Library213-Jadibutti chowk_Nepal Photo Library314-Jadibutti chowk_Nepal Photo Library4

01-Kalanki Chowk- Nepal Photo Library02-Chabahil chowk_Nepal Photo Library103-Chabahil chowk_Nepal Photo Library204-Chabahil chowk_Nepal Photo Library305-gausala chowk Nepal Photo Library06-chabahil gausala road-Nepal Photo Library07-Chabahil chowk_Nepal Photo library08-Mitrapark chowk _ Nepal Photo Library09-Baneshor chowk Nepal Photo library

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप