कजारिया रमेश टायल्सको नयाँ शोरुम ललितपुरमा, मिस नेपाल कोस्मोद्वारा उद्घाटन
ललितपुर । सिरेमिक र भिट्रिफाइड टायल्स उत्पादनमा विश्वविख्यात कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको इमाडोलस्थित रातामकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि. सँगको सहकार्यमा सञ्चालित उक्त शोरुमको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल र कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे। सो अवसरमा कन्ट्री म्यानेजर तिवारीले उच्च गुणस्तर र आधुनिक डिजाइनका टायल खोज्ने ग्राहकका लागि यो शोरुम एक उत्कृष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
नयाँ शोरुममा आधुनिक वास्तुकला र आन्तरिक सजावटका लागि उपयुक्त विभिन्न साइज र फिनिसिङका ३ हजारभन्दा बढी डिजाइनहरू उपलब्ध छन्। नेपालमै देशको सबैभन्दा ठूलो टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कजारियाको हाल देशभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल विस्तार भइसकेको छ। कम्पनीले उत्पादन गर्ने टायलहरू बलियो, दीगो र अन्तर्राष्ट्रिय मापदण्डका रहेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण