श्रमदानले नेपालीको मन एकीकरण गर्छ : हर्क साम्पाङ
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमदानले नेपालीहरूको मन एकीकरण गर्ने बताएका छन्।
- उनले श्रमदानले समाजमा रहेको विभेद अन्त्य गर्दै देश निर्माणमा सघाउ पुर्याउने धारणा राखेका छन्।
- श्रमदान अभियानमार्फत धेरै कामहरू गर्ने र चेतना फैलाउने पार्टीको लक्ष्य रहेको उनले बताएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले धरानबाट सुरु गरेको श्रमदान अहिले दार्चुला पुगेको पनि बताए ।
‘श्रमदान देशको लागि गर्नुपर्छ । पहिला–पहिला पनि श्रमदान हुन्थ्यो तर कहिलेकाहीँ हुने गर्दथ्यो’, अध्यक्ष साम्पाङले भने, ‘तर प्रत्येक हप्ता श्रमदान गर्ने पहिलो अभियानकर्ता हुँजस्तो लाग्छ ।’
उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे पनि मन एकीकरण नगरेको आफूलाई अनुभूति भएको भन्दै नेपालीहरूको मन एकीकरण गर्ने अभियान श्रमदान अभियान भएको धारणा राखे ।
‘श्रमदानको अभियानमा को ठुलो,को सानो भन्दाभन्दै, एउटै ठुलो भाँडोमा भात पकाएर खान्छौ’, साम्पाङले भने, ‘ त्यसले हाम्रो समाजमा देखिएका विभेदको अन्त्य गर्छ ।’ उनले मलामीमा मात्रै भेट्ने समाज देश बनाउने काममा पनि भेट्नुपर्छ भन्ने मान्यताअनुसार श्रम संस्कृतिले श्रमदानको काम गरिरहेको बताए ।
विकास मात्र नभएर क्रान्तिकारी विकास चाहिएको भन्दै सांसद समेत रहेका साम्पाङले चेतना र जागरणको समेत विकासका लागि श्रमदानबाट धेरै कामहरू गर्ने पक्षमा रहेको र पार्टीको समेत सोही अनुसार नीति कार्यक्रम रहेको बताए । श्रमदानकै माध्यमबाट आफूहरूले धरानमा झन्डै एक अर्बको सम्पत्ति जोडेको तथा पलायन भएको पुँजी समेत फर्कने अध्यक्ष राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण