शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पमाथि खनिए जेलेन्स्की

आइतबार, ०६ वैशाख २०८३, १६ : १६
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी निर्णयको कडा आलोचना गरेका छन्।
  • जेलेन्स्कीले रुसी तेल बिक्रीबाट प्राप्त हुने रकम युक्रेनविरुद्धको युद्धमा प्रयोग हुने चेतावनी दिएका छन्।

किभ । युक्रेनी राष्ट्रपति भ्लाेदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खनिएका छन् । रुसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अमेरिकी निर्णयको उनले कडा आलोचना गरेका हुन् । 

‘रुसी तेलका लागि तिरेको हरेक डलर, रुसले युक्रेनविरुद्ध चलाइरहेको युद्धका लागि प्रयोग हुने पैसा हो,’ चेतावनी दिँदै उनले भनेका छन् । अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार नयाँ छुट जारी गर्दै समुद्री ट्याङ्करमा रहेको रुसी कच्चा तेलको ढुवानी र बिक्रीलाई अनुमति दिएको थियो ।

यो निर्णय इरानमा जारी अमेरिका इजरायल युद्धका कारण विश्व बजारमा बढेको मूल्य दबाब कम गर्ने उद्देश्यले गरिएको बताइएको छ । जेलेन्स्कीका अनुसार, हाल समुद्रमा रुसका ११० भन्दा बढी छद्म जहाजहरूले १ करोड २० लाख टनभन्दा बढी तेल ढुवानी गरिरहेका छन् ।

उनले भनेका छन्, ‘प्रतिबन्ध बिना यो तेल बेच्न पाउँदा रुसको बजेटमा करिब १० अर्ब डलर थपिनेछ ।’ जुन पैसा सिधै युक्रेनमाथि नयाँ आक्रमणमा परिणत हुने उनले बताए । 

जेलेन्स्कीका अनुसार यो हप्ता मात्र रुसले युक्रेनका सहर र समुदायहरूमा २,३६० भन्दा बढी ड्रोन, १,३२० भन्दा बढी निर्देशित बम र करिब ६० प्रकारका मिसाइल प्रहार गरेको छ ।  जेलेन्स्कीले रुसको तेल उद्योगलाई कमजोर पार्ने प्रयास जारी रहने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप