दीपक भट्टसँगको कनेक्सन बाहिरिएपछि प्रश्नको घेरामा सुधन गुरुङ, के भन्छ रास्वपा ?
काठमाडौँ । गृहमन्त्रीको शपथ लिएको एक महिना नपुग्दै रास्वपा सांसद समेत रहेका सुधन गुरुङ गम्भीर प्रश्नको घेरामा परेका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको बाहिरिएपछि उनीमाथि प्रश्न उठेको हो ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुँदैमा अस्वाभाविक सम्पत्तिमाथि प्रश्नको सामना गर्नुपरेका उनको भट्टसँगको व्यापारिक साझेदारी भएको प्रमाण सार्वजनिक भएको हो ।
‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा भट्ट र गुरुङबिच साझेदारी रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
बिचौलियाका रूपमा चिनिएका भट्ट र सुदन गुरुङबिचको यो व्यावसायिक कनेक्सन सार्वजनिक भएपछि यसबारे चौतर्फी हलचल देखिएको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शेयर लगानी गर्दैमा कसैलाई दोषी करार गर्न नमिल्ने तर्क गरे । तर दोषी प्रमाणित भएमा जोसुकै भए पनि पार्टीले कारबाही गर्ने उनले बताए ।
बुर्लाकोटीले भने, ’उक्त सेयर लगानी गैरकानुनी रूपमा गरिएको हो वा होइन, त्यस विषयमा पार्टीले सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्छ। मिडियामा समाचार आइसकेपछि सरकारले नै यसको अनुसन्धान गर्नेछ। यदि अनुसन्धानका क्रममा दोषी प्रमाणित भएमा जोसुकै भए पनि पार्टीले कारबाही गर्छ ।’
यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा गुरुङ भने सम्पर्कमा आएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण