अर्थ
अब १५/१५ दिनमा कर्मचारीलाई तलब
आइतबार, ०६ वैशाख २०८३, २१ : २६
सारांश
- सरकारले सरकारी कर्मचारीहरुलाई अब १५-१५ दिनमा तलब उपलब्ध गराउने निर्णय गरेको छ।
- अर्थ मन्त्रालयले यस नयाँ व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाएको छ।
काठमाडौँ । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ ।
गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो।
कर्मचारीहरूकाे सहजताका लागि यस्ताे व्यवस्था गरिएकाे बुझिएकाे छ।
अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न अर्थमन्त्री स्तरीय निर्णय गर्दै नयाँ व्यवस्था लागू गरिएको मन्त्रालयका सहसचिव डा.सुमन दाहालले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण