प्रिमियर लिग
हालान्डको निर्णायक गोलमा सिटीको जित, आर्सनलसँगको अंक दूरी घट्यो
आइतबार, ०६ वैशाख २०८३, २३ : २१
सारांश
- म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको छ।
- अर्लिङ हालान्डले खेलको ६५ औँ मिनेटमा निर्णायक गोल गर्दै सिटीको जित सुनिश्चित गरेका छन्।
- यो जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी तीनमा झारेको छ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटीले उपाधि होडमा आर्सनलसँगको अंक दूरीलाई केवल तीनमा झारेको छ, जसले उपाधि दौडलाई थप रोमाञ्चक बनाएको छ ।
खेलको १६ औँ मिनेटमा रायन चेर्कीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै १८ औँ मिनेटमा काइ हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको ६५ औँ मिनेटमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले निर्णायक गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
यस नतिजापछि शीर्ष स्थानमा रहेको आर्सनलको ७० अंक छ भने दोस्रो स्थानको सिटीले अंक दूरी घटाउँदै ६७ अंक पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
-
सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
-
अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको टिप्पणी
-
अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षा गर्न मेरो भूमिका रहन्छ : सांसद पार्वती विक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण