राजनीति
राप्रपाले बोलायो अनुशासन समितिको बैठक
सोमबार, ०७ वैशाख २०८३, १२ : ३४
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आन्तरिक अनुशासनका विषयमा छलफल गर्न अनुशासन समितिको बैठक बोलाएको छ।
- पार्टीभित्र बढ्दो विवाद र अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीमाथि उठिरहेका प्रश्नका बीच यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिए ।
बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनको भनाइ छ । पार्टीभित्र विवाद बढिरहेको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।
विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न हुँदै आएको छ । सोसहित अनुशासनको दायराभित्र पर्ने समग्र विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण