आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सनमा राष्ट्रिय टोलीका खेलाडी आसिफ शेख लुम्बिनी लायन्समा आबद्ध भएका छन् ।
- आसिफलाई लुम्बिनी लायन्सले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेको छ ।
- यस्तै, विवेक कुमार यादवलाई चितवन राइनोजले गोलाप्रथाबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा विभिन्न टोलीहरूले केही महत्त्वपूर्ण खेलाडीहरूलाई आफ्नो टोलीमा अनुबन्ध गरिरहेका छन् ।
यसै क्रममा राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेख र युवा अलराउन्डर विवेक कुमार यादव पनि दुई फरक टोलीमा आबद्ध भएका छन् ।
यसअघि जनकपुरको कप्तानी सम्हालेका र राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका आसिफ शेखलाई लुम्बिनी लायन्सले अहिलेसम्मकै उच्च मूल्यमा खरिद गरेको छ । यस सिजनका लागि अघिल्लो टोलीले रिलिज गरेपछि अक्सनमा उनीमाथि उच्च बोली लागेको थियो ।
त्यसैगरी, अर्का चर्चित खेलाडी विवेक कुमार यादवलाई आफ्नो टोलीमा समेट्न चार वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा भएको थियो ।
उनीमाथि चारवटै टोलीले अधिकतम सीमाअनुसार समान १५ लाख रुपैयाँको बोली लगाएका थिए । बराबर मूल्यको बोली लागेपछि गरिएको गोलाप्रथामा चितवन राइनोज भाग्यमानी सावित हुँदै विवेकलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण