यूएई जान लागेका नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही
सारांश
- यूएई जान लागेका नेपालीको राहदानीमा 'रोजगारी निषेध' लेख्ने त्रिभुवन विमानस्थलका दुई अध्यागमन अधिकृतलाई विभागले जिम्मेवारीबाट हटाएको छ।
- विभागीय निर्णयविपरीत कार्य गरेको भन्दै विभागले ती कर्मचारीमाथि थप छानबिन प्रक्रिया अघि बढाएको छ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ।
प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो। उनीहरुको विवरण भने खुलाइएको छैन ।
विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो । सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारेका छन् । नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।
अध्यागमन प्रशासनले आफ्ना कर्मचारीहरूलाई प्रचलित ऐन, नियम र विभागीय परिपत्र अनुसार मात्र कार्य सम्पादन गर्न सचेत गराउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण