सेयर गायव भएको प्रसङ्गमा सुधनले भने– लुकाएको छैन, सम्पत्ति विवरणमै छ
सारांश
- गृहमन्त्री सुधन गुरुङले आफ्नो सेयर विवरण नलुकाएको र सम्पत्ति विवरणमै उल्लेख भएको दाबी गरेका छन्।
- उनले स्टार माइक्रो र लिबर्टी माइक्रोको सेयर धितोपत्र बजारमा कारोबार हुने २ करोड बढीको सम्पत्तिभित्रै समेटिएको बताएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूसँग भएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विवरण सम्पत्ति विवरणमै उल्लेख गरेको दाबी गरेका छन् ।
सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्ट लगायतसँग व्यावसायिक साझेदार भएको भेटिएपछि विवादमा तानिएका सुधनले स्पष्टीकरण दिँदै कुनै पनि सेयर तथा सम्पत्ति नलुकाएको दाबी गरेका हुन् । उनले मन्त्रिपरिषद्को वेबसाइटमा राखिएको सम्पत्ति विवरणमा सबै कुरा स्पष्ट भएको बताएका छन् ।
सेयर लुकाएको भन्ने आरोपको खण्डन गर्दै उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी आफ्नो सम्पत्ति विवरणमा रहेको ‘२ करोडभन्दा बढीको धितोपत्र बजारमा कारोबार हुने सेयर’ कै समूहभित्र समेटिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउने मान्छेले २५ लाख लुकाउँदैन, यो लुकाएको होइन, वर्गीकरणको विषय मात्र हो ।’
उनले आफ्नो सम्पत्ति विवरणमा होप होल्डिङ्स, लगुम प्रिपियम अपार्टमेन्ट्स प्रा.लि. र एडभेन्चर भिल्ला प्रा.लि. मा भएको सेयर उल्लेख गरेका छन् भने अरू २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर उल्लेख गरेका छन् ।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स धितोपत्र बजारमा सूचीकृत कम्पनी होइनन् । यी कम्पनीहरू अहिलेसम्म आईपीओ जारी नभएको र नेप्सेमा सूचीकृत समेत नरहेकोले यो दोस्रो बजारमा कारोबार हुन सक्दैन । त्यसो त नेप्सेमा सूचीकृत भए पनि सामान्यतया प्रोमोटर सेयरहरू दोस्रो बजारमा कारोबार हुन सक्दैनन् । यी कम्पनीको कारोबारलाई ओभर दि काउन्टर (ओटीसी) नामक छुट्टै बजारको व्यवस्था गरिएको हुन्छ ।
मन्त्री हुनुअघि नै सेयर किनिएको र सेयरमा लगानी गर्नु अपराध नभएको उनको जिकिर छ । सेयर खरिद गर्दा सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत भएको र लगानीको स्रोत कर्जा रहेको उनले दाबी गरेका छन् ।
मन्त्री गुरुङले सेयर किन्न ऋण लिएको दाबी गरे पनि सम्पत्ति विवरणमा ऋणको महल भने पूरै खाली भएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण