राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले सोमबार ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
- प्रमाणपत्र पेश गर्नेहरूमा गाम्बिया, क्यानडा, स्लोभेनिया र अल्जेरियाका गैरआवासीय राजदूतहरू रहेका छन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले सोमबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
सोमबार प्रमाणपत्र पेश गर्नेहरूमा गाम्बियाका राजदूत मुस्ताफा जवारा , क्यानडाका राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका राजदूत टोमाज मेन्सिन र अल्जेरियाका राजदूत अब्देनोउर खेलिफी रहेका छन् । यी सबै गैरआवासीय राजदूतहरू हुन् ।
उक्त विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई परम्परागत सम्मान स्वरूप लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण