पूर्णबहादुरपछि कान्छारामलाई सोधियो स्पष्टीकरण
सारांश
- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङलाई तीन दिने स्पष्टीकरण सोधेको छ।
- पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै तामाङलाई अनुशासनको कारबाही प्रक्रिया अघि बढाइएको हो।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार अनुशासन समितिले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेकाे हाे।
पार्टी र नेतृत्वका विरूद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाे भन्दै तामाङलाई स्पष्टीकरण साेधिएकाे अनुशासन समितिका सचिव दिनेश थापामगरले बताए ।
‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र स्पष्टिकरण सोध्ने निर्णय गर्दछ,’समितिका सचिव थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
यसअघि नेता पूर्णबहादुर खड्कालाई पनि स्पष्टीकरण साेधिएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण