वर्षाले प्रभावित खेलमा नेपाल यूएईसँग पराजित
काठमाडौँ । सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । यूएई ६ विकेटले विजयी भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १८ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । तर वर्षाले खेल अवरुद्ध भएपछि खेल १० ओभरमा छोट्याइएको थियो । छोट्याइएको खेलमा यूएईले ७८ रनको लक्ष्य पाएको थियो ।
यूएईले निर्धारित लक्ष्य मात्र ४ ओभरको क्षतिमा भेट्टायो । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । र एक विकेट कुशल मल्लले लिए । २ ओभर बलिङ गरेका लामिछानेले मात्र ८ रन दिए ।
यसअघि नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीको नटआउट ३२ रनको मद्दतमा नेपालले १२२ रन बनाएको थियो । आज नेपालका कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर कुशल भुर्तेल मात्र १६ रन बनाएर आउट भएका थिए भने कुशल मल्लले १७, बसिर अहमदले १४, नन्दन यादवले १३ रनको योगदान दिएका थिए ।
सिरिजअन्तर्गत दोस्रो खेल नेपालले भोलि यसै मैदानमा खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण