समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा वामपन्थी एकतामा जोड दिएका छन्।
- उनले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन र समतामूलक समाज निर्माणका लागि सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन्।
सन्देशमा प्रचण्डले वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिशामा डोहोर्याउन ऐतिहासिक भूमिका खेलेको स्मरण गरेका छन्।
सन्देशमा भनिएको छ, 'आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन्। साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहनेछ।' उनले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद र फासिवादी प्रवृत्तिका विरुद्ध लड्न महान् लेनिनका शिक्षाहरू अझ सान्दर्भिक भएको समेत उल्लेख गरेका छन्।
प्रचण्डले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन र समतामूलक समाज निर्माण गर्न छरिएर रहेका सम्पूर्ण वामपन्थी शक्तिहरू एक हुनुपर्नेमा विशेष जोड दिएका छन्। उनले भनेका छन्, 'कम्युनिस्ट आन्दोलनले मात्र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु।'
विगतका जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिहरूबीचको मोर्चाबन्दी अपरिहार्य रहेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण