कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरि मौलाउने छ : प्रदीप ज्ञवाली
सारांश
- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तै फेरि मौलाउने बताएका छन्।
- उनले पार्टी स्थापना दिवसका अवसरमा आन्दोलनका चुनौतीहरूलाई चिर्दै नयाँ जीवन दिने सङ्कल्प गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको उल्लेख गरेका छन् ।
ज्ञवालीले विगतको वर्ष कम्युनिस्ट आन्दोलनका लागि सुखद नरहेको बताएका छन् । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरेका छन् । ‘विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउदैछन् ’ ज्ञवालीले लेखेका छन् ‘हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ साबित हुनेछन् । किनभने कम्युनिस्ट आन्दोलनको स्थापना,अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन,समाजको ऐतिहासिक विकासक्रम,वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ ।’
ज्ञवालीले कम्युनिस्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट आफूहरूलाई नभएको उल्लेख गरेका छन् । बरु पार्टी स्थापनाका बेलाका अभिभारा पुरा गर्नका लागि सङ्कल्प गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ ।
‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रूपमा लिने छुट हामीलाई छैन ।यसले हामीबाट निर्मम आत्मसमीक्षा,संरचनागत पुनर्संरचना,नयाँ डाइनामिक्सलाई बुझ्न र सामना गर्न सक्ने नयाँ ऊर्जाको माग गरिरहेको छ’ ज्ञवालीले लेखेका छन् ‘७७ औँ स्थापना दिवसको सन्दर्भमा सङ्कल्प गरौँ हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण