धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ
बुधबार, ०९ वैशाख २०८३, ०९ : २६
सारांश
- कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी १८ वर्षीय उज्जल सायरको हत्या भएको छ।
- हत्याको आरोपमा प्रहरीले पुनर्वास नगरपालिकाका २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई पक्राउ गरेको छ।
- उपचारका क्रममा धनगढीको मायामेट्रो अस्पतालमा सायरको मृत्यु भएको छ।
धनगढी । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पुनर्वास नगरपालिका–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायर माथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
पुनर्वास नगरपालिका–५ कै २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घाइते सायरलाई उपचारका लागि धनगढीको मायामेट्रो अस्पताल, धनगढी ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण