युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
बुधबार, ०९ वैशाख २०८३, १३ : २४
बेरुत । युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ ।
इजरायली सेनाले बेइट लाइफ सहरमा इजरायलले आक्रमण गरी सहरका घरहरू नष्ट गरेको जनाइएको छ ।
लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले आक्रमणका कारण दुई हजार ४५४ को मृत्यु हुनुका साथै सात हजार ६५८ जना घाइते भएको जनाएको छ । यसै गरी विभागले ३० हजार ८१५ परिवारका एक लाख १८ हजार ६२४ जना मानिसहरु आक्रमणका कारण विस्थापित भई आश्रयमा रहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण