तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार सङ्कलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
हालसम्म आयकरवापत रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरवापत रु तीन करोड १८ लाख ९९ हजार , व्याजकरवापत रु छ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिकरवापत रु ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कवापत एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरवापत रु तीन लाख १० हजार, शिक्षाकरवापत रु एक हजार तथा अन्य वापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।
यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाएइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले रु चार करोड ३० लाख दाखिला गरेका बताए । आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण