दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न नसक्दा हार्यौँ : बादल
बुधबार, ०९ वैशाख २०८३, १६ : २४
सारांश
- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले दक्षिणपन्थी अवसरवाद र अराजकतावादलाई परास्त गर्न नसक्दा गत निर्वाचनमा पार्टीले हार बेहोरेको बताएका छन्।
- उनले पराजयलाई विजयमा बदल्न आन्तरिक तथा बाह्य रूपमा दक्षिणपन्थी र अराजकतावादी प्रवृत्तिलाई परास्त गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले दक्षिणपन्थी अवसरवाद र अराजकतावादलाई परास्त गर्न नसक्दा गत निर्वाचनमा पार्टीले हार बेहोरेको बताएका छन् ।
बुधवार पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बादलले पराजयलाई विजयमा परिणत गर्न दक्षिणपन्थी र अराजकतावादलाई पराजय गर्न जरुरी रहेको बताए ।
‘हामी किन हार्यौँ, किन परास्त भयौँ ? किनभने हामीले आन्तरिक र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न सकेनौँ’, बादलले भने, ‘बरु उल्टो दक्षिणपन्थी प्रवृत्तिले हामीलाई परास्त गर्न पुग्यो । परिणामहरुले यो कुरालाई अकाट्य साबित गरेको छ ।’
उपाध्यक्ष थापाले पराजयलाई विजयमा बदल्न आन्तरिक बाह्य दुवै रूपमा दक्षिणपन्थी र अराजकतावादलाई परास्त गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण