मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
एकदिवसीय अभ्यास खेल

ओमानसँग नेपाल ‘ए’ पराजित

बुधबार, ०९ वैशाख २०८३, १८ : ०९
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भएको एकदिवसीय अभ्यास खेलमा ओमानले नेपाल 'ए' लाई ७० रनले पराजित गरेको छ।
  • नेपालका अनिल कुमार साह र ईशान पाण्डेले अर्धशतक प्रहार गरे पनि टोली २ सय १० रनमा समेटियो।

काठमाडौँ । एकदिवसीय अभ्यास खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल ४४.४ ओभरमा २ सय १० रनमा समेटिएको हो । नेपालका लागि अनिल कुमार साह र ईशान पाण्डेले अर्धशतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

साहले ६४ बलमा ५० रन जोडे भने पाण्डेले ६२ बलमा ५२ रन बनाए । देव खनालले ४३ बलमा ४३ रन जोड्दा तीर्थराज दासले ३१ रन प्रहार गरे । सन्दीप जोराले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओमानका लागि सकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबुर अलिले २-२ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो । टोलीका लागि मुजीबुर अलिले सर्वाधिक ७२ रनको योगदान दिए । उनले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, ओपनर तथा कप्तान जतिन्द्र सिंहले पनि अर्धशतकीय पारी खेले । उनले ४८ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतले ५८ रन जोडे । हसिर दाफेदरले ४६ रन तथा आशिष ओडेराले २७ रन बनाए । विनायक शुक्लाले २२ बलमा २५ रन हिर्काए । खेलको अन्त्यतिर जितेन कुमार रामन्दानीले नट आउट रहेर १७ रन जोडे ।

नेपालका लागि आकाश चन्दले शानदार बलिङ गर्दै ९ ओभरमा मात्र ३१ रन खर्चेर ४ विकेट लिए । यसै गरी सन्तोष यादवले २ विकेट तथा शहाब आलम, शेर मल्ल र रासिद खानले १-१ विकेट लिए । यही वैशाख १२ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप