इरान युद्धमा ट्रम्पको तागत सीमित बनाउने विधेयक पाँचौँ पटक पनि अस्वीकृत
सारांश
- अमेरिकी सिनेटले इरानमाथिको सैन्य कारबाहीमा राष्ट्रपति ट्रम्पको अधिकार सीमित पार्ने प्रस्ताव पाँचौँ पटक अस्वीकृत गरेको छ।
- प्रस्तावको पक्षमा ४६ र विपक्षमा ५१ मत खसेको छ जसमा केही सिनेटरहरूले दलीय लाइनभन्दा बाहिर गएर मतदान गरेका छन्।
वाशिङटन डीसी । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथिको सैन्य कारबाही गर्ने अधिकार सीमित पार्ने प्रस्तावलाई पुनः अस्वीकृत गरेको छ । योसँगै यस वर्ष पाँचौँ पटक सिनेटमा सो प्रस्ताव अस्वीकृत भएको हो । उक्त प्रस्तावले भविष्यमा इरानविरुद्ध कुनै पनि सैन्य कदम चाल्नुअघि ट्रम्पले कंग्रेसको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था गर्न खोजिएको थियो ।
मतदानमा प्रस्तावको पक्षमा ४६ र विपक्षमा ५१ मत खसेको थियो । डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले रिपब्लिकनहरूसँग मिलेर प्रस्तावको विपक्षमा मतदान गरे भने रिपब्लिकन सिनेटर र्यान्ड पलले डेमोक्रेटतिर लागेर प्रस्तावको पक्षमा मतदान गरेका थिए । सिनेटका अल्पसंख्यक नेता चक शमरले डेमोक्रेटहरूले गत हप्ता अब निकट भविष्यमा हरेक हप्ता युद्धसम्बन्धी तागत सीमित बनाउने विषयमा मतदान गराउने घोषणा गरेका छन् ।
थोमस टिलिस र लिजा मुर्कोवस्की जस्ता रिपब्लिकन सांसदहरूले इरान युद्ध ६० दिन पुगेपछि सैन्य कारबाही स्वीकृत गर्ने मतदानलाई समर्थन गर्न सक्ने सङ्केत दिएका छन् । साथै, यदि द्वन्द्व ९० दिनसम्म पनि जारी रहेमा यस्तो कदम चाल्ने सम्भावनालाई सिनेटमा रिपब्लिकन नेतृत्वले अस्वीकार गरेको छैन । तर, सिनेट बहुमतका नेता जोन थुनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हालका लागि यस्तो स्वीकृति मतदान हुने सम्भावना नरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण