डेपुटी गभर्नरको सम्पत्ति विवरण : जग्गा र सुनमा धेरै लगानी, सेयरमा कम चासो
सारांश
- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले कानुनी प्रावधानअनुसार आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
- सार्वजनिक विवरणअनुसार उनको परिवारसँग काठमाडौँलगायत विभिन्न स्थानमा जग्गा, बहुमूल्य धातु, बैंक मौज्दात र केही कित्ता सेयर रहेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो ।
विवरण अनुसार डेपुटी गभर्नर पण्डित र उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, बहुमूल्य धातु तथा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ। उनीसँग हाल काठमाडौँको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा करिब २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । निजी आय, श्रीमतीको आम्दानी तथा बैंक ऋणबाट उक्त जग्गा खरिद गरिएको विवरणमा उल्लेख छ।
यसैगरी काठमाडौँकै तारकेश्वरमा शर्माकै नाममा ६९ लाख रुपैयाँ बराबर तथा कैलालीको धनगढीमा पण्डितकै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौँमा ६ रोपनी जग्गा रहेको छ । आमाकै नाममा सामाखुशीमा साढे दुई तले घर रहेको जनाइएको छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाइएको छ।
डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको छ । विवाह, पास्नी तथा निजी आर्जनबाट उक्त सम्पत्ति प्राप्त भएको विवरणमा उल्लेख छ ।
यसबाहेक नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी उनको २ करोड रुपैयाँभन्दा बढी बचत रहेको छ । साथै विभिन्न कम्पनीहरूमा ७ सयभन्दा बढी कित्ता सेयर लगानी रहेको पनि सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण