मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
हेटाैँडा । बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ।
मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरुबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो।
निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए।
अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन्।
बाघका माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिँदै उनले जङ्गलमा आगो लगाउने, चोरी शिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जङ्गलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुननदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए।
यसैबिच निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरुलाई क्षतिपूर्तिस्वरुप रु. १९ लाख प्रदान गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ।
सोही अवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी ६ वटा र वन काठपात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुदाँ १५ जना पक्राउ परेका छन् ।
त्यसैगरी, निकुञ्जले गिट्टीबालुवा तथा वनपैदावारको सलामी शुल्कवापत रु. ६० लाख ५३ हजार २५५ राजस्व सङ्कलन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण