सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नम्बर प्लेट बदलेर चलाउँदै गर्दा चोरिएको मोटरसाइकलसहित एक जना पक्राउ

बिहीबार, १० वैशाख २०८३, १६ : ४९
बिहीबार, १० वैशाख २०८३

सारांश

  • काठमाडौँको तार्केश्वरबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्राउ परेका व्यक्तिले मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी अर्को नम्बर राखेर चलाइरहेका थिए।
  • थप अनुसन्धान र कानुनी कारबाहीका लागि अभियुक्तलाई प्रहरी वृत्त बालाजुमा पठाइएको छ।

काठमाडौँ । काठमाडौँको तार्केश्वरबाट चोरी भएको मोटरसाइकलसहित एक व्यक्तिलाई ट्राफिक प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ। तार्केश्वर नगरपालिकाको लोलाङ हाइटस्थित सडक खण्डबाट केही समयअघि हराएको बा ७९ प ८७४६ नम्बरको ग्रे रङको रेनेगेड मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरीले फेला पारेको हो।

सवारी धनीले आफ्नो मोटरसाइकल हराएको भन्दै दिएको निवेदनका आधारमा विशेष सक्रियता देखाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मिति २०८३ वैशाख ९ गते साँझ ६ बजेको समयमा उक्त सवारी फेला पारेको थियो।

तार्केश्वर–७ नागपोखरीस्थित सडक खण्डमा चलाइरहेको अवस्थामा फेला परेको उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ७३ प ९९६० राखी चलाइएको पाइएको छ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप