अफगानिस्तानमा बाढीका कारण ६ जनाको मृत्यु
काबुल । अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।
पश्चिमी बदघिस प्रान्तको प्राकृतिक विपद् व्यवस्थापन समितिका प्रमुख मावलावी बारिदाद साबेरले भारी वर्षा पछि बुधबार राति बाला मुर्घाब जिल्लाका विभिन्न क्षेत्रहरूमा बाढी आएको बताएका छन् ।
बडघिस प्रान्तमा बाढीका कारण तीन बालबालिका र दुई महिलासहित पाँच जनाको मृत्यु भएको अधिकारीले बताएका छन् भने बाढीले प्रभावित क्षेत्रका आवासीय घर र कृषि जग्गामा क्षति पुर्याएको छ ।
अफगानिस्तानको उत्तरमा रहेको समङ्गान प्रान्तमा दारा–इ–सुफ पायिन जिल्लामा भारी वर्षा पछि बिहीबार आएको बाढीमा एक जनाको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।
उत्तरी फरयाब प्रान्तको विभिन्न भाग बाढीले बगाएको भएता पनि कुनै हताहत नभएको जनाइएको छ । अफगानिस्तानको मौसम विभागले बिहीबार देशका केही भागमा थप वर्षा र बाढीको पूर्वानुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण