ललितपुरमा महिलाको सुनको सिक्री लुट्ने युवक पक्राउ
सारांश
- ललितपुरको शंखमुलमा महिलाको सुनको सिक्री लुट्ने ३२ वर्षीय रिक्की डंगोललाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका डंगोलको साथबाट लुटिएको २.७ तोला सुनको सिक्री र घटनामा प्रयोग भएको स्कुटर बरामद भएको छ।
ललितपुर । ललितपुर महानगरपालिका–११ स्थित शंखमुल चिल्ड्रेन पार्क नजिकै भएको सुनको सिक्री लुटपाटको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोल रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको विशेष टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो। गत सोमबार पार्कमा हिँडिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका डंगोलको खोजीका लागि प्रहरीले सुक्ष्म अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ पर्ने क्रममा उनको साथबाट लुटिएको २.७ तोला तौलको सुनको सिक्री समेत बरामद भएको छ।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको बा.९० प ६२७८ नम्बरको स्कुटर समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले योजनाबद्ध रूपमा स्कुटरको प्रयोग गरी महिलाको सिक्री लुटेर भागेको खुलेको छ। लुटपाटमा संलग्न डंगोललाई हिरासतमा राखी जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण