मेयर कप क्रिकेट मङ्गलबारदेखि
सुनसरी । सुनसरीको इटहरीमा मङ्गलबारदेखि तेस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।
आयोजक आइडियल स्पोट्र्स एकेडेमीले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै इटहरी–९ स्थित जनता क्रिकेट खेल मैदानमा यही वैशाख १५ गतेदेखि २१ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट सङ्घको सहयोगमा टी–२० क्रिकेट हुन लागेको सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक सिपी पौडेलले जानकारी दिए।
प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा इटहरीका तीन, धरान उपमहानगरपालिका, विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका, मेचीनगर (झापा), त्रियुगा नगरपालिका (उदयपुर), कटहरी गाउँपालिका (मोरङ) र सुनवर्षी नगरपालिका रहेका संयोजक पौडेलले बताए।
प्रतियोगिताको विजेताले रु ७५ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु ४० हजारसहित ट्रफी पाउनेछ। यसैगरी ‘प्लेयर अफ दी सिरिज’ लाई रु सात हजार तथा उत्कृष्ट ब्याटर र बलरलाई जनही रु चार हजार प्रदान गरिनेछ। यसअघि भएका दुवै संस्करणको उपाधि विराटनगर महानगरपालिकाले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण