संसद् अधिवेशन स्थगनप्रति महामन्त्री पौडेलको प्रश्न: 'सरकारको आत्मविश्वास किन यति कमजोर ?'
सारांश
- नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनुमा सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
- उनले बलियो बहुमत भएको सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको हो कि भनी आशङ्का व्यक्त गरेका छन्।
- लोकतान्त्रिक मूल्य र मान्यताको पालना गर्दै संसद्को गरिमा उच्च राख्न उनले सरकारसँग माग गरेका छन्।
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगन गरिनुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिनुको साटो अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्दै आशङ्का पनि व्यक्त गरेका छन् ।
पौडेलले सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर भएको भनी प्रश्न गरे । उनले लेखेका छन्, "सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ?"
लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्ने उल्लेख गर्दै महामन्त्री पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन भएको बताए । उनले संसद् जस्तो जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण