१६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल प्रयाेगमा प्रतिबन्ध लगाउँदै नर्वे
काठमाडौँ । नर्वेले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने गरी कानुन ल्याउने तयारी गरेको छ । सरकारले यससम्बन्धी विधेयक संसद्मा यसै वर्षको अन्त्यसम्म पेस गर्ने जनाएको छ ।
नयाँ कानुन अनुसार सामाजिक सञ्जाल कम्पनीहरूलाई नै प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने जिम्मेवारी दिइनेछ । सरकारले बालबालिकाको डिजिटल जीवन सुरक्षित बनाउन यो कदम चालेको प्रधानमन्त्री जोनास गाहर स्टोएरेले बताएका छन्।
उनका अनुसार बालबालिकाको जीवन खेल, मित्रता र दैनिक गतिविधिमा केन्द्रित हुनुपर्ने भएपनि अहिले एल्गोरिदम र स्क्रिनले त्यसलाई प्रभावित गरिरहेको छ ।
त्यसैले बालबालिकालाई सुरक्षित बाल्यकाल सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको उनले बताएका छन् । विधेयक २०२६ को अन्त्यसम्म संसद्मा पास गर्ने लक्ष्य राखिएको छ । सरकारले कुन–कुन सामाजिक सञ्जाललाई प्रतिबन्धको दायरामा ल्याइनेछ भन्ने स्पष्ट गरेको छैन ।
बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउने उद्देश्यले इयूका कयौँ देशहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा निषेध गर्ने खोजिरहेका छन्।
अष्ट्रेलियाले हालै १६ वर्षमुनिका बालबालिकामाझ विश्वमै पहिलो पटक यस्तै प्रतिबन्ध लागू गरेको थियो । यसमा फेसबुक, टिकटक, स्न्यपपच्याट युट्युब, एक्सजस्ता प्लेटफर्महरू समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण