अफगानिस्तानमा घरको खस्दा ५ जनाको मृत्यु, २ जना घाइते
शनिबार, १२ वैशाख २०८३, १३ : ३०
काबुल । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका ५ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रान्तीय राजधानी काला–ए–नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितहरूमा ४ बालबालिका र एक महिला रहेको जनाइउको छ भने परिवारका थप दुई सदस्यहरू घाइते भएका छन् ।
यस अघि बुधबार पूर्वी वर्दक प्रान्तमा भएको यस्तै घटनामा दुई जनाको मृत्यु भएको थियो ।
युद्ध पछिको अफगानिस्तानका मानिसहरू प्रायः माटोका घरहरूमा बस्छन्, जुन वर्षा र बाढी लगायत प्राकृतिक प्रकोपहरूको जोखिममा छन् । अफगानिस्तानका केही भागहरूमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना गरि रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण