थापाथलीका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा, होटलमा राख्ने तयारी
सारांश
- थापाथलीमा बसोबास गर्ने ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा आएका छन्।
- सम्पर्कमा आएका परिवारहरूलाई होटलमा राखेर वास्तविक सुकुमबासी पहिचान गर्ने काम सुरु गरिँदै छ।
- वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा सारिनेछ।
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ । यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।
यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् । बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका काठमाडौँ महानगरले जनाएको छ यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेकाले थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको महानगरको दाबी छ ।
हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको जनाइएको छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी भइरहेको छ ।
हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ । अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुमबासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने महानगरले जनाएको छ ।
वास्तविक सुकुमबासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिने पनि महानगरको भनाइ छ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टविरुद्ध मुद्दा चल्दा वित्तीय क्षेत्रका ७ जना सीईओ निलम्बित
-
बजेटमा करको दर हेरफेरः अर्थमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिले बिच्किए सांसद
-
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
इरान युद्धले विश्व आर्थिक वृद्धिदर सुस्त बनाउने चेतावनी
-
रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर ‘जेन्जी आन्दोलन दबाब समूह’ को धर्ना
-
ट्रम्पको युद्ध अन्त्य घोषणापछि सुन र तेलको मूल्यमा 'यू-टर्न'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण