अमेरिकी दबाबमा जबरजस्ती वार्ता नगर्ने इरानको अडान
सारांश
- इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिकाको दबाब र धम्कीका बीच आफूहरू जबरजस्ती वार्तामा नबस्ने स्पष्ट पारेका छन्।
- उनले वाशिङ्टनले शत्रुतापूर्ण गतिविधि र बन्दरगाहमा लगाइएको नाकाबन्दी अन्त्य नगरेसम्म वार्ताको सम्भावना नरहेको बताएका छन्।
- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँगको संवादमा उनले अमेरिकाको कदमले विश्वासको वातावरण कमजोर बनाएको उल्लेख गरेका छन्।
वाशिटन डीसी । इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिकाको दबाब र धम्कीका बीच इरान जबरजस्ती वार्तामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङ (आईआरआईबी) अनुसार उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पाकिस्तानका प्रधानमन्त्रीशहबाज शरिफसँग टेलिफोन संवादका क्रममा पेजेशकियानले अमेरिकाका हालका कदमहरूले विश्वासको वातावरण कमजोर बनाएको र वार्ताको सम्भावनालाई जटिल बनाएको बताएका थिए । उनका अनुसार वाशिङ्टनले शत्रुतापूर्ण गतिविधि र सञ्चालनात्मक दबाब अन्त्य नगरेसम्म प्रगति कठिन रहनेछ ।
उनले विशेष रूपमा इरानी बन्दरगाहमा आवतजावत गर्ने जहाजमाथि लगाइएको नाकाबन्दी हटाउनुपर्ने उल्लेख गर्दै त्यस्तो कदमले मात्र समस्या समाधानतर्फ वातावरण बनाउन सकिने बताएका छन् । त्यसैगरी, प्रधानमन्त्री शरिफले पाकिस्तानले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न इमान्दार प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत इरानले विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामाबाद पठाएकोमा आभार पनि व्यक्त गरेका थिए । उक्त इरानी प्रतिनिधिमण्डल शनिबार पाकिस्तान भ्रमण सकेर ओमानको मस्कट पुगेको छ, जहाँ थप क्षेत्रीय वार्ता जारी रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण