ह्वाइट हाउस डिनर गोलीकाण्ड: संदिग्धको घरमा छापा
आइतबार, १३ वैशाख २०८३, १२ : ४६
वासिङ्टन डीसी । अमेरिकाको क्यालिफोर्नियास्थित टोरन्स क्षेत्रमा रहेको एक घर बाहिर संघीय अनुसन्धान विभाग (एफबीआई)का एजेन्ट र प्रहरीहरू परिचालन गरिएको छ । उक्त घर ह्वाइट हाउस संवाददाता डिनर गोलीकाण्डका सन्दिग्ध कोल टमस एलनसँग सम्बन्धित भएको बताइएको छ ।
घरभित्र खनतलासी भइरहेका बताइएको छ । घरबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू जम्मा भएका छन् । छिमेकीका अनुसार एलन त्यहाँ बस्छन् कि बस्दैनन् भन्ने निश्चित छैन । केही दिनअघि मात्र उनलाई घरमा देखिएको बताइएको छ ।
एलनका बुबा मिलनसार र कुरा गर्न मन पराउने व्यक्ति भएको पनि छिमेकीहरूले उल्लेख गरेका छन् । यसैबिच सन्दिग्ध एलनले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारहरूलाई निशाना बनाउन खोजेको बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण