मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कलाकार हलमा पुग्दा ‘परालको आगो’ बारे दर्शकले के भने ?

आइतबार, १३ वैशाख २०८३, १२ : ५९
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘परालको आगो’ । फिल्मले प्रदर्शनको सुरुवाती दिन शुक्रबार ३८ लाख भन्दा बढीको ग्रस कलेक्सन गरेको छ । फिल्मको शनिबार त्यो भन्दा बढी व्यवसाय भएको निर्माता सुशील पोखरेल बताउँछन् ।

फिल्मले आफूले सोचेभन्दा राम्रो व्यवसाय गर्न सफल भएको उनको भनाइ छ । फिल्ममा सुरुवात देखिनै दर्शक राम्रो देखिएपछि निर्माता पोखरेल शनिबार कलाकार सुहाना थापा, प्रकाश सपुत लगायत कलाकार लिएर दर्शक प्रतिक्रियाका लागि उपत्यकाका विभिन्न हलमा पुगेका थिए ।

सो क्रममा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । दर्शकले सबैभन्दा बढी अभिनेत्री सुहाना थापाको अभिनय राम्रो लागेको बताएका छन् । कलाकारसहित निर्माण टोली हलमा पुग्दा दर्शकले घेरेर शेल्फी र तस्बिर समेत खिचाएका थिए ।

दर्शकसँगको भेटमा अभिनेत्री सुहाना थापाले फेरि पनि यस्तै राम्रो फिल्मसहित आउने बाचा गरिन् भने अभिनेता सपुतले दर्शकको माया सधै मनभित्र राख्ने बताए ।  

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना  र प्रकाशको अलवा सौगात मल्ल, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म लक्ष्मण सुनुवारले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप