पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना
आइतबार, १३ वैशाख २०८३, १९ : ११
सारांश
- काठमाडौँबाट पोखरा जाँदै गरेको ईभी माइक्रो बस धादिङमा दुर्घटना हुँदा १२ जना सामान्य घाइते भएका छन् ।
- दुर्घटनामा परेका १२ यात्रु र २ चालक दलका सदस्यसहित माइक्रो बसमा कुल १४ जना सवार थिए ।
- धादिङको गजुरी नगरपालिका–६ स्थित आदमघाटमा ब्रेक फेल भएपछि माइक्रो बस भित्तातर्फ ठोक्किएको थियो ।
काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रो बस धादिङमा दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जना सामान्य घाइते भएका छन् ।
पाँच जना घाइतेलाई उपचारको लागी काठमाडौँ पठाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेको बा.१३ च २९४१ नम्बरको माइक्रोमा १२ जना यात्रु र दुई जना चालक दलका दुई जना सदस्य थिए ।
धादिङको गजुरी नगरपालिका–६ स्थित आदमघाटमा माइक्रो भित्तातर्फ ठोक्किएको छ । ब्रेक फेल भएपछि माइक्रोलाई भित्तातर्फ लगेर अड्याइएको चालकले ट्राफिक प्रहरीलाई बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
विश्व योग दिवसको अवसरमा दशरथ रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
सुकेधारामा राप्रापा असन्तुष्ट पक्षको भेला
-
ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण