रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो
ललितपुर । ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल बसपार्क पुर्याइएको छ ।
जात्राको पहिलो दिन गाःबहाल पुर्याइएको रथलाई त्यसपछि मङ्गलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल पुर्याइएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ तानेर जात्रा औपचारिक रूपमा सुरु गरिएको थियो ।
गुथी संस्थानका प्रवक्ता जनक पोख्रेलका अनुसार रथ निर्माणदेखि जात्रा सम्पन्न नहुन्जेलसम्म गुथी संस्थानको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । साथै रथ तान्ने र अन्य व्यवस्थापन कार्यमा पनि संस्थान सक्रिय रूपमा लागेको छ ।
उनका अनुसार रथ लगनखेल पुर्याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने प्रचलन छ । नरिवल खसालिएको भोलिपल्ट महिलाहरूले मात्र रथ तान्ने परम्परा छ ।
त्यसपछि रथलाई इटीटोलबाट पश्चिमतर्फ कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्याइन्छ, जहाँ भोटो देखाउने कार्यक्रम गरिन्छ । राष्ट्रप्रमुखबाट भोटो देखाएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण