जुम्लामा इ–पेन्सन सेवा सुरु
सोमबार, १४ वैशाख २०८३, ०२ : ०९
जुम्ला । हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ–पेन्सन सुरु गरिएको छ ।
सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए ।
सो सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रूपमा सेवा लिएका छन् । कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष नियन्त्रक अछामीले बताए ।
इ–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जाने बाध्यता हटेको छ । समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण