तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग
काठमाडौँ । बीपी राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ । गत शनिबार परेको वर्षासँगै रोशी खोलामा आएको बााढीले अस्थायी डाइभर्सन बगाएपछि अवरुद्ध बनेको थियो ।
लगातार ३ दिनको मर्मतपछि आज सोमबार १ बजेबाट राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी दिपक याकामीले जानकारी दिए ।
उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । अझै पनि मर्मतको काम जारी रहेको उनको भनाइ छ । साथै यात्रा गर्दा सावधानीपूर्वक यात्रा गर्न उनको आग्रह छ ।
रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, बोक्सीकुना, कालढुंगा, डालाबेँशी,चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बुलढुंगा, माम्तीमा आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।
२०८१ असोजको दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले करिब २९ किलोमिटर सडक पूर्ण रुपमा क्षति गरेको थियो । त्यसयता अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । साथै यस क्षतिग्रस्त सडक स्थायी रुपमा पुनर्निमाण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण