सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रोयल च्यालेन्जर्स बैंगलोरको सानदार जित, दिल्ली क्यापिटल्स ९ विकेटले पराजित

सोमबार, १४ वैशाख २०८३, २२ : ४५
सोमबार, १४ वैशाख २०८३

सारांश

  • इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।
  • टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ७५ रन मात्र बनाउन सक्यो, जसमा अभिषेक पोरेलले सर्वाधिक ३० रनको योगदान दिए ।
  • आरसीबीका बलर जोश हेजलउडले ४ विकेट लिएपछि खेलको प्लेयर अफ द म्याच घोषित भए ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले दिल्ली क्यापिटल्स (डीसी) लाई ९ विकेटले पराजित गरेको छ । यो जितसँगै बैंगलोरले ८ खेलबाट ६ मा जित निकाल्दै १२ अंकसहित आफ्नो स्थान बलियो बनाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले १६.३ ओभरमा सबै विकेट गुमाएर मात्र ७५ रन बनाउन सक्यो । दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ३० रन बनाए भने डेभिड मिलरले १९ रनको योगदान दिए । दिल्लीको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा आरसीबीका जोश हेजलउडले घातक बलिङ गरे । उनले ३.३ ओभरमा मात्र १२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, भुवनेश्वर कुमारले पनि ३ ओभरमा ५ रन दिएर ३ विकेट हात पारे ।

७६ रनको सामान्य लक्ष्य पछ्याएको आरसीबीले मात्र ६.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । आरसीबीका लागि देवदत्त पडिक्कलले अविजित ३४ रन तथा विराट कोहलीले अविजित २३ रन बनाए ।

खेलको प्लेयर अफ द म्याच आरसीबीका बलर जोश हेजलउड घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप