मध्यपूर्वमा शान्तिका लागि रुसले इरानलाई सहयोग गर्ने
काठमाडौँ । अमेरिका–इजरायलसँगको तनावबिच इरानलाई रुसको कूटनीतिक समर्थन जारी रहने रुसले जनाएको छ ।
सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेश मन्त्री अब्बास अराघचीबीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसिया क्षेत्रमा शान्ति स्थापना गर्न हरसम्भव कदम चाल्ने आश्वासन इरानलाई दिनुभएको क्रिमलिनका अधिकारीले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग सेन्ट पिटर्सबर्गमा भेटवार्ता गरेको रुसी सरकारी न्यूज एजेन्सी तासले पुष्टि गरेको हो ।
भेटवार्तामा राष्ट्रपति पुटिनले इरानी जनताको प्रशंसा गर्दै आफ्नो सार्वभौमिकताका लागि बहादुरीका साथ लडिरहेको बताएका थिए ।
नेता पुटिनले मध्यपूर्वमा शान्ति ल्याउनका लागि रुसले इरान र यस क्षेत्रका अन्य देशको हितमा सक्दो प्रयास गर्ने पनि बताएको समाचार संस्था तासले जनाएको छ ।
इरानी विदेशमन्त्री अराघचीको रुसी नेता पुटिनसँगको भेटका क्रममा अराघचीले अवस्था जस्तोसुकै भए पनि इरान र रुसबिचको सम्बन्ध अझ प्रगाढ हुने बताएका थिए ।
उनले दुई देशबिचको सम्बन्ध रणनीतिक साझेदारीको उच्चतम तह भएको बताए ।
उनले वर्तमान युद्ध, क्षेत्रीय तनाव वा अन्तर्राष्ट्रिय दबाबले रुस र इरानबिचको निकटतालाई कम नगर्ने सङ्केत गरे ।
रुस र इरानले ऊर्जा, रक्षा र क्षेत्रीय मामिलामा सहकार्य बढाइरहेका छन् । दुई देशले गत वर्ष दीर्घकालीन रणनीतिक साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका थिए ।
रुसी नेता पुटिनसँगको वार्तामा इरानले आफ्नो सेनालाई स्ट्रेट अफ हर्मुजका लागि जिम्मेवार बनाउनुपर्ने बताएको छ ।
इरानको संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले सरकारी टेलिभिजनसँग भने, “सशस्त्र बलले पहिले नै जलडमरूमध्य नियन्त्रणमा लिइसकेको छ र ‘शत्रु पक्षका जहाज’ लाई पार गर्न रोक्ने प्रयास गरिरहेको छ ।” प्रस्तावित कानुनले यो जलमार्गबाट प्राप्त हुने आम्दानी स्थानीय मुद्रा (रियल) मा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अजिजीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण