खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक बनोस्
सारांश
- कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक र महत्त्वपूर्ण बनाउन शुभकामना दिएका छन् ।
- आफूलाई भेट्न पुगेका आङ्देम्बेलाई शुभकामना दिँदै खड्काले संसद्को समग्र प्रक्रियामा भूमिका सशक्त बनाउन सुझाए ।
- खड्काले आङ्देम्बेलाई संवैधानिक परिषद् सदस्यको भूमिका पनि प्रभावकारी बनाउन सुझाएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई प्रमुख प्रतिपक्षी दलको नेताको जिम्मेवारी ऐतिहासिक र महत्त्वपूर्ण बनाउन शुभकामना दिएका छन् ।
सोमबार सर्वसम्मत दलको नेता भएका आङ्देम्बे मंगलबार बिहान खड्कालाई भेट्न खड्का निवास गोल्फुटार गएका थिए । आफूलाई भेट्न पुगेका आङ्देम्बेलाई शुभकामना दिँदै खड्काले संसद्को समग्र प्रक्रियामा भूमिका सशक्त बनाउन सुझाए ।
‘यसपटकको संसद्को संरचनामा नेपाली कांग्रेस दोस्रो ठुलो राजनीतिक दलको रूपमा उपस्थित भएकोले संसद्को समग्र प्रक्रियामा भूमिका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ऐतिहासिक र महत्त्वपूर्ण रहनेछ,’ खड्काले शुभकामना दिँदै भने ।
शुभकामना दिने क्रममा खड्काले थप भने, ‘निवर्तमान सह–महामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र/भाई भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनु भएकोमा हृदय देखिनै हार्दिक बधाई सहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’
उनले आङ्देम्बेलाई संवैधानिक परिषद् सदस्यको भूमिका पनि प्रभावकारी बनाउन पनि सुझाएका छन् । ‘संवैधानिक परिषद्को सदस्यको रूपमा उहाँको भूमिका थप प्रभावकारी र महत्त्वपूर्ण हुनेछ,’ खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण