जलेका गाडीको नाममा इन्धन दुरुपयोगबारे अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
सारांश
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयमा इन्धनको दुरुपयोगबारे अनुसन्धान गर्न निर्देशन दिएकी छिन्।
- कर्मचारीहरूले जेनजी आन्दोलनमा जलेका सवारी साधनको नाममा पनि इन्धन लिने गरेको खुलेको छ।
- यस विषयमा मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्न मन्त्री मेहताले निर्देशन दिएकी हुन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।
जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन्।
उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए। पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले निर्देशन दिएकी हुन् ।
तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै जेनजी आन्दोलनका क्रममा नष्ट भएका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग नगरेको बताए ।
मन्त्रालयको छानबिनपछिको विवरण थप गरिएको छ- सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण