शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

रियालटी शो ‘द र्‍यापरः लेट द भर्स स्पिक’ घोषणा

मङ्गलबार, १५ वैशाख २०८३, १३ : ४७
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • नेपाली हिप-हप संगीतलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित 'द र्‍यापरः लेट द भर्स स्पिक' सिजन १ घोषणा गरिएको छ ।
  • हिमालयन टेलिभिजनमार्फत प्रसारण हुने यो नेपालकै पहिलो कमर्शियल र्‍याप रियालिटी शो आगामी जेठ दोस्रो सातादेखि २० एपिसोडमा प्रसारण हुनेछ ।
  • शोका विजेताले नगद रु. १५ लाखसहित ट्रफी र फाइनलिस्टहरूले अन्तर्राष्ट्रिय टुरको अवसर प्राप्त गर्नेछन् ।

काठमाडौं । नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित ‘द र्‍यापरः लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ । आयोजक एनएक्सजी इन्टरटेनमेन्टले  राजधानमिा एक कार्यक्रम गर्दै शो घोषणा गरेको हो ।

नेपालकै पहिलो कमर्शियल र्‍याप रियालिटी शो दाबी गरिएको शोका निर्देशक युवराज साउद हुन् । हिमालयन टेलिभिजनमार्फत प्रसारण हुने शो आगामी जेठ दोस्रो सातादेखि प्रसारण हुनेछ । शोको डिजिटल पार्टनरको रूपमा हाइलाइट्स नेपाल र भोटिङ पार्टनरको रूपमा खल्ती जोडिएको छ ।

शोमा २० एपिसोडमा प्रसारण हुनेछ । शोका लागि डिजिटल अडिसनमार्फत देशभरबाट उत्कृष्ट ६४ जना प्रतिस्पर्धी छनोट भएका छन् । उनीहरूले आफ्ना लिरिक्स, संगीत, कम्पोजिसन र र्‍याप क्षमतालाई फरक–फरक शैलीमा प्रस्तुत गर्नेछन् ।

शोका मुख्य निर्णायकको रूपमा गिरीश खतिवडा (गोर्खाली जी) रहेका छन् । उनले शब्द, संगीत, प्रस्तुति, टेक्निकल पक्ष र बहुआयामिक क्षमताका आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गर्नेछन् ।

त्यस्तै, स्क्वाड लिडरहरूमा विवश जमरकट्टेल (विवश जेके), बिबेक घोरासैनी (बीजी बिर्गोर्खाली), संकेत श्रेष्ठ (ओएमजी स्पार्क) र जगत पुन (रेक्स) रहेका छन् । उनीहरूले प्रतिस्पर्धीहरूलाई मार्गदर्शन गर्दै उनीहरूको कला निखार्न सहयोग गर्नेछन् ।

शोमा टप १६, टप १० हुँदै टप ४ प्रतिस्पर्धी फाइनलमा पुग्नेछन् । टप १६ देखि टप १० सम्म निर्णायक र दर्शकको ५०/५० मतका आधारमा निर्णय हुनेछ भने त्यसपछि दर्शकको मत मात्रै निर्णायक हुनेछ । शोका विजेताले नगद रु. १५ लाखसहित ट्रफी प्राप्त गर्नेछन् । साथै, फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय टुरको अवसर पनि प्रदान गरिनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप