महात्मा गान्धीको मार्कसिट चर्चामा, कति पाएका थिए अंक ?
नयाँ दिल्ली । भारतमा यतिबेला सामाजिक सञ्जालमा महात्मा गान्धीको १० कक्षाको मार्कसिट भाइरल भइरहेको छ ।
उनको अंक देखेर मानिसहरू छक्क परिहेका छन् । १८८७ मा महात्मा गान्धीले बम्बई विश्वविद्यालय (अहिले मुम्बई विश्वविद्यालय)बाट म्याट्रिक परीक्षा दिएका थिए । उनले राजकोटको अल्फ्रेड हाई स्कुल (तत्कालीन राजकोट हाई स्कूल)मा अध्ययन गरेका थिए । मार्कसिट अनुसार उनले कुल ६२५ अंकमध्ये केवल २४७ दशमलव ५ अंक प्राप्त गरेका छन्, यो ३९ दशमलव ६ प्रतिशत मात्रै हो । यो अंकसहित उनले बोर्डमा ४०४ औं स्थान हासिल गरेका थिए । त्यो वर्ष हजारौं विद्यार्थीहरू परीक्षामा बसेका थिए र केवल ७९९ जना मात्र उत्तीर्ण भए ।
मार्कसिटअनुसार गान्धीले अंग्रेजीमा २०० मा ८९ ल्याएका थिए । गुजराती सय अंकमा ४५ दशमलव ५, गणितमा १७५ मा ५९ र सामान्य ज्ञानमा १५० मा ५४ ल्याएका थिए । गान्धीले गणितमा ५९ अंक मात्रै ल्याएको देखेर धेरै मानिसहरू परेका छन् ।
युवाहरूले ‘बापु पनि गणितमा कमजोर ’, ‘अंकले केही अर्थ राख्दैन’ कमेन्ट गरिरहेका छन् । महात्मा गान्धीले आफैंले आफ्नो आत्मकथा, ‘द स्टोरी अफ माई एक्सपेरिमेन्ट्स विथ ट्रुथमा’मा आफू विद्यालयमा तेजस्वी विद्यार्थी नभएको कुरा लेखेका थिए ।
पढाइमा आफ्नो रुचि कम भएको र आफू सामान्य विद्यार्थी रहेको पनि उनले स्वीकार गरेका थिए । तर उनले कहिल्यै हार मानेनन् । सन् १८८८ मा उनी लन्डन गए अनि ब्यारिस्टर बनेर फर्किए । पछि उनले भारतको स्वतन्त्रताको लडाइँमार्फत सम्पूर्ण विश्वलाई प्रभावित पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण