जातीय विभेद गर्दै बालकलाई कुटेको आरोपमा तीन जना पक्राउ
मङ्गलबार, १५ वैशाख २०८३, २१ : २५
सारांश
- रोल्पाको गंगादेव गाउँपालिका–५ फुवबास जोगिडारामा दलित समुदायका नाबालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा सोही गाउँका टोपबहादुर खत्री, मस्त बहादुर खत्री र भक्तबहादुर खत्री छन् ।
- आरोपीहरूले मदिरा किन्न पठाएको र बालकले अस्वीकार गरेपछि दलित भनेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिका–५ फुवबास जोगिडारामा दलित समुदायका नाबालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँका टोपबहादुर खत्री, मस्त बहादुर खत्री र भक्तबहादुर खत्री छन् ।
आरोपीहरूले वैशाख ११ मा १० वर्षीय लोकेन्द्र बिक ‘खगेन्द्र’लाई निर्घात कुटपिट गरेको उजुरी आएको रोल्पाका डीएसपी वीरेन्द्र बिर विश्वकर्माले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध प्रहरीले भेदभावजन्य र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा बालकको आँखामा गहिरो चोट देखिन्छ । आरोपीहरूले मदिरा किन्न पठाएको र बालकले अस्वीकार गरेपछि दलित भनेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण