सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍यो: उपाध्यक्ष पौडेल

बुधबार, १६ वैशाख २०८३, ११ : ४६
बुधबार, १६ वैशाख २०८३

सारांश

  • नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत रहेको बताएका छन् ।
  • उनले सरकारले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाए ।
  • सरकारले सांसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले आपत्ति प्रकट गरे ।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत रहेको बताएका छन् । सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

बुधवार २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाए । सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरबाही देखाएको उनको तर्क छ । सरकार सञ्चालनका क्रममा दुई वटा खम्बा—संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा जोड दिए । 

पछिल्लो समय सरकारले सांसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा समेत आपत्ति प्रकट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप