रास्वपाका सांसदलाई कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई कागजातमा 'माननीय' सम्बोधन नगर्न निर्देशन दिएको छ ।
- पार्टीले सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ ।
- आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र प्रशिक्षणका लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुनेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ । साथै उनीहरूलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न पनि निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन् । रास्वपाले सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिएको छ ।

‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन छ’, रास्वपाले निर्देशन दिँदै भनेको छ । साथै निर्देशनविपरित कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाही गर्ने रास्वपाको चेतावनी छ ।
यसअघि सांसद विश्वराज पोखरेलले जिल्लामा आफूलाई माननीय भन्दै स्वागत नगरेको भनेर विद्यालयका प्रधानाध्यापकलाई हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण